Logo

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने वामदेवको खुलासा



काठमाडौं, ९ साउन । साउनभित्रै समाजवादी केन्द्र निर्माण गर्ने गरी घनीभूत छलफल चलेको छ । यसमा सबैभन्दा बढी वामदेव गौतम सक्रिय भएका छन् ।

गौतमले आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डलाई भेटेका छन् । उनले समाजवादी केन्द्र निर्माण, वामपन्थी एकतालगायतका विषयमा छलफल गरेको बुझिएको छ ।

गौतमले समाजवादी केन्द्रको नेता नै प्रचण्ड भएको बताए । उनी प्रचण्डलाई नेतृत्वमा राखेर समाजवादी केन्द्र बनाउन सक्रिय भएका छन् । प्रचण्डले पनि समाजवादी केन्द्र बनाउने देखि आफू चुनावपछि प्रधानमन्त्री बन्ने संकेतहरु गर्न थालेका छन् ।

समाजवादी केन्द्रमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, वामदेव गौतम रहने निश्चितप्रायः छ । बाबुरामले नेपाल समाजवादी पार्टी नै बनाइसकेका छन् ।

कम्युनिस्ट सिद्धान्त त्याग्ने कि नत्याग्ने विषयमा भने प्रचण्ड र बाबुरामबीच विमति छ । यसमा कुरा मिलेमा मात्र बाबुराम समाजवादी केन्द्रमा रहनेछन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्