Logo

नेपालको मालदिभ्समाथि ४-० को सानदार जीत



काठमाडौं, ९ साउन । नेपालले मालदिभ्समाथि  २० वर्षमुनीको पुरुष साफ फुटबल प्रतियोगितामा सानदार जीत निकालेको छ । भारतको भुवनेश्वरमा जारी साफ यू-२० प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मालदिभ्समाथि ४-० को जीत हासिल गरेको हो ।

नेपालले पहलिो हाफमा १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा आक्रामक खेल खेलेको नेपालले थप ३ गोल गरेर जीत सुनिश्चित गरेको हो । नेपालका लागि ४२औं मिनेटमा दीपेश गुरुङ्ग, ५७औं मिनेटमा सुगम सुवाल, ६१औं मिनेटमा कृतीश रत्न र ९४औं मिनेटमा मनग्गे नकर्मीले गोल गरेका थिए ।

पाँच राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोबिनका आधारमा खेलाइएको छ । नेपालले दोस्रो खेल ११ साउनमा श्रीलंकासँग खेल्नेछ ।

Photo Source: SAF



प्रतिक्रिया दिनुहोस्