Logo

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची



काठमाडौं, साउन १० । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो।

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस्