Logo

भदौ १ गतेबाट प्लास्टिक प्रयोग गरे जरिवाना



काठमाडौं, साउन १० । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले एक सूचना जारी गर्दै ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विभागले भनेको छ ुनेपाल सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोलाको प्रयोगले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको, यस्ता झोला प्रयोगपछि जथाभावि फाल्ने गर्दा खोला तथा नदीहरु प्रदुषित भएको र ढल तथा पानीका निकासका पाईपमा जम्मा हुन गई ढल निकासमा वाधा उत्पन्न भएको कुरा हामी सवै साम् छर्लङ्ग भएकै छ ।

वातावरणमा यति संवेदनशिल प्रभाव रहेको प्लाष्टिकका झोला प्रतिवन्धको नेपाल सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८र१०र१७ को निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको व्यहोरा पनि सर्वविदितै छ ।ु

विभागका अनुसार यस कार्यको विभागबाट विगतमा अनुगमन सुरु गरिएकोमा कोभिड(१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो भएको सन्दर्भमा पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको महशुष भएको छ ।

अतः वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सरकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागुगर्ने विभागको तयारी रहेकोले सम्बन्धित सवैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन् हुन अनुरोध गरेको छ ।

भाद्र १ गतेबाट यस्ता ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्