Logo

सानिमा बैंकको भिडियो केवाईसी सेवा सुरु



काठमाडौं, १० साउन । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाइसी  सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर  गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । योसँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

ख्प्थ्ऋ सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् ।

ग्राहकहरुले अनलाइन खाता खोल्दा ख्प्थ्ऋ विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ । ख्प्थ्ऋ प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक रु. १ करोड सम्म खर्च ९म्भदष्त० गर्न सक्नेछन् ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्