Logo

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको अर्को बैठक आजै ४ बजे बस्ने, फरेन्सिक ल्याब विज्ञहरू बोलाईयो



काठमाडौं, १० साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको अर्को बैठक आजै अपरान्ह ४ बजे बस्ने भएको छ । आज विहान बसेको बैठकमा फरेन्सिक ल्याब विज्ञहरू बोलाएर परामर्श लिनुपर्ने भएकोले अर्को बैठक ४ बजे बस्नेगरि स्थगित भएको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराईएको विषयमा छानबिन गर्न समिति गठन भएको थियो ।

सो समितिले अहिले छानबिनको काम गरिरहेको छ । समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले बैठकपछि कुरा गर्दै भने,‘केही विषय प्राविधिक भएकोले फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो, बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौं।’

समितिले संसदबाट पाएको म्याण्डेटअनुसार नै काम गरिरहेको छ । निर्धारित समयमै समितिले प्रतिवेदन संसदलाई बुझाउने सििमतका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । file photo

 



प्रतिक्रिया दिनुहोस्