Logo

चुनावअघि नै सबै कम्युनिष्टहरुलाई एक बनाउने प्रचण्डको चाहना छ : रमेश मल्ल (भिडिओसहित)



काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको विरुद्धमा गठबन्धनभित्र अर्को गठबन्धन बनाउन खोजेको भन्ने आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

उनले भने,‘तपाईंलाई के कुरा भन्न चाहन्छु भने, गठबन्धनभित्र पनि हिजो सँगै एउटै पार्टीमा बसेर काम गरेका नेताहरु हुनुहुन्छ । केही नेताहरु बाहिर हुनुहुन्थ्यो, वामदेवजीले एकताको लागि बेग्लै पहल गर्नुभएको थियो । अब उहाँहरुले सहकार्यको कुरा गर्नु त राम्रो कुरा हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु संविधान र लोकतन्त्रको रक्षाको लागि कटिबद्ध भएर लागिरहेको सुनाए ।

उनले अबको राजनीतिक बाटो नै समाजवाद भएकोले यसको लागि विचार मिल्नेहरुसँग सहकार्य हुन खोज्नु खुशीको कुरा हुने प्रतिक्रिया दिए । मल्लले चुनावअघि नै सबै कम्युनिष्टहरुलाई एक बनाउने प्रचण्डको चाहना रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्