Logo

यामाहा नेपालले ल्यायो सहुलीयत दरको नयाँ ईएमआई अफर



काठमाडौँ, १० साउन । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु–सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ ।

कम्पनीले देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलीयतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक र स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक र स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रीम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुबिधाहरूको लाभ लिन सक्नेछन् ।

यामाहाको बाइक र स्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेञ्ज’ अन्तर्गत विभिन्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्