Logo

चुनावको मुखमा प्रचण्डको सक्रियता बढ्यो, जापान जाने तय



काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् ।

हालै भारत भ्रमण गरेर फर्किएका दाहाल यही साउन २१ गते जापान जान लागेका हुन् ।

उनी जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जान लागेका हुन् ।

जापान भ्रमणको क्रममा राजनीतिक भेटवार्ता हुने वा नहुने भन्नेबारे अहिले तय भएको छैन् ।

जापानबाट फर्किनेबित्तिकै दाहाल चीन जाने पनि चर्चा छ ।

दाहाल स्वयमले भारत उड्नुअघि आफू चीन जान लागेकोसमेत खुलासा गरेका थिए ।

file photo



प्रतिक्रिया दिनुहोस्