Logo

जेठ १४ गतेको सीसीटिभी फुटेजमा व्यक्तिको पहिचान हुन सकेन



काठमाडौं, १० साउन । आगामी वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएको भनिएको जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भएको छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर संसदीय छानबिन समितिमा बुझाएपछि समिति सदस्यहरुले आज हेरेका थिए ।

फुटेज भेटिएको तर उक्त दुश्यमा मन्त्रालयभित्र रहेका व्यक्तिहरुको पहिचान हुन नसकेको जनाइएको छ । भने थप प्रष्ट पार्नको लागि समितिले विज्ञहरुसँग मिलेर छलफल गर्ने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्