Logo

प्लास्टिकका फुल वितरणमा रोक लगाउँदै सरकार



काठमाडौं, १० साउन । वन मन्त्रालयले प्लास्टिकका फुल बितरणमा रोक लगाउने निर्णय गरेको छ । वनमन्त्री प्रदीप यादवले प्लास्टिकका फुल बितरणमा रोक लगाउने मन्त्रीस्तरीय निर्णय गरेर कानुन मन्त्रालयमा पठाएका हुन् ।

प्लास्टिकजन्य फुलले फोहोर व्यवस्थापनमा पनि समस्या र वातावरणमा असर परेको मन्त्रालयले जनाएको छ।

प्लास्टिकको फुलका कारण प्राकृतिक फुल उत्पादन तथा विक्रि वितरणमा पनि असर गरेको छ । अब यो निर्णय राजपत्रमा प्रकाशित भएमा लागु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्