Logo

४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र बिक्रिमा प्रतिबन्ध



काठमाडौं, १० साउन । सरकारले पातलो प्लास्टिकको झोला उत्पादन र विक्रिमा प्रतिबन्ध लगाउने भएको छ । आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आज एक सुचना जारी गर्दै ४० माइक्रोनभनद्यँ पातलो प्लाष्टिकको झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको र जथाभावी फाल्दा खोला तथा नदीहरु दुषित भएको जनाएको छ ।

भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक आयात, बिक्रि वितरण तथा प्रयोग नगर्न/नगराउन विभागले सबैलाई अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot