Logo

रोशनी शाहीद्वारा सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै पशुपतिनाथमा नारावाजी



काठमाडौं, १० साउन । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीले फेरि ध्यान खिचेकी छिन् । यसपटक उनी पशुपतिनाथ क्षेत्रमा अतिरुद्र महायज्ञ मा सक्रिय सिद्धबाबाविरुद्ध नारावाजी गर्न पुगिन् ।

महायज्ञस्थलमै पुगेर शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोशनी शाही गौशाला प्रहरीवृत्तमा पुर्याइन् ।

सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध सुनसरी जिल्ला अदालतमा बलात्कारको आरोपको मुद्दा दर्ता भएको थियो । मुद्दा विचाराधीन छ । उनीमाथि एकजना महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्