Logo

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथिको संशोधन स्वीकृत



काठमाडौँ,१० साउन । प्रतिनिधिसभाको आजको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन स्वीकृतिका लागि निर्णयार्थ पेश गर्न खोज्दा गणपूरक सङ्ख्या नपुगेपछि यो कार्यसूची आजका लागि सरेको हो । सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो ।

अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ । रासस



प्रतिक्रिया दिनुहोस्