Logo

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने



काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार भेटिएन । बजेट निर्माणका बेला असम्बन्धित व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोप लागेपनि ती व्यक्ति पसेको कुनै आधार नभेटिएको हो ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन । विश्वस्त स्रोतका अनुसार अर्थ मन्त्रालयमा पसेको नभेटिएपछि सिंहदरबारस्थित मूल गेटको फुटेज मागियो । तर, उक्त फुटेज १६ दिनमात्र रहने भनी गृह मन्त्रालयले पत्र पठायो ।

संसदको विशेष समितिले शर्मामाथिको आरोप पुष्टि गर्ने आधार नभेटेपछि कस्तो प्रतिवेदन बनाउला ? चासो बनेको छ । आरोप पुष्टि नहुने भएकाले शर्मा फेरि अर्थमन्त्रीका रुपमा फर्कने बुझिएको छ ।

शर्माले छानविनलाई सहज बनाउन प्रतिनिधि सभामा पुगेर राजीनामाको घोषणा गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेर कसैलाई नियुक्त गरेनन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका अन्य आकांक्षीलाई अगाडि सारेनन् । यसकारण शर्मा पुनः अर्थमन्त्री बनेर जाने निश्चितप्रायः भएको छ ।-File Photo

 



प्रतिक्रिया दिनुहोस्