Logo

देउवाविरुद्ध पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने, वीपी काँग्रेस प्रवेश गर्दै



काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनकै पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने भएका छन् । मल्ल डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका हुन् ।

मल्ल भोलि नेपाली काँग्रेस वीपीमा प्रवेश गर्दैछन् । उनले वीपी काँग्रेसको करुवा चिन्हबाट चुनाव लड्ने तयारी समेत गरिसकेका छन् ।

मल्लनिकट स्रोतका अनुसार डडेलधुराबाट मल्लले चुनाव लड्ने निर्णय लिइसकेका छन् । उनी लामो समयदेखि चुनावी तयारीका साथ बसेका थिए ।

नेपाली काँग्रेस डडेलधुरा जिल्ला पूर्वसभापति समेत रहेका मल्लले देउवा समूहसँग असन्तुष्ट भएपछि पार्टीभित्र विद्रोह गरेका थिए । उनीमाथि पछि कारबाहीको निर्णय समेत भएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्