Logo

खरानी देखि जनैसम्म आयातले परनिर्भरता चुलीमा (भिडियो विश्लेषण)



सीयो, खरानी देखि जनै सम्म आयात । देश यसरी निरन्तर परनिर्भरताको चुलीमा पुगिसकेको छ ।

जनै र प्लाष्टिकका फूल चीनबाट आयात हुन्छ । व्यवसायीहरु माग लिएर चीन पुग्ने र उतै उत्पादन गरी आयात गर्ने गर्दछन् । नेपालमै उत्पादन हुने र विगतमा निर्यात समेत हुने गरेको चामल, गहुँ, मकै पनि आयात हुन थालेको छ ।

परनिर्भरता यति धेरै बढेको छ कि व्यापार घाटा बढेर १७ खर्ब २० अर्ब पुगेको छ । यो अहिलेसम्मकै किर्तिमान हो । नेपालको गत आर्थिक वर्षको बजेट १५ खर्ब ६४ अर्ब थियो । व्यापार घाटा बजेटभन्दा झण्डै २ खर्बले बढी हो ।



प्रतिक्रिया दिनुहोस्