Logo

साफ यु-२० च्याम्पियनसिप: नेपाल आज श्रीलंकासँग भिड्दै



काठमाडौं, साउन ११ । साफ यु-२० च्याम्पियनसिप पुरुष फूटबल अन्तर्गत आज हुने खेलमा नेपाल श्रीलंकासँग भिड्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शूरु हुनेछ ।

आज हुने खेलमा श्रीलंकालाई हराउँदै नेपाल प्रतियोगितामा लगातार दिस्रो जीत निकाल्न चाहन्छ । नेपालले सोमबार भएको च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्समाथि ४-० गोलको शानदार जीत निकालेको थियो । त्यसैले नेपाल आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

यता पहिलो खेलमा बंगलादेशसँग १-० गोलले पराजित भएको श्रीलंका आज नेपाललाई हराउँदै पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।



प्रतिक्रिया दिनुहोस्