Logo

संघीय संसद्को चुनाव महँगो हुने



काठमाडौं, साउन ११ । स्थानीय तहको भन्दा संघीय संसद्को आसन्न चुनाव खर्चिलो हुने भएको छ । संघीय संसद्को चुनाव आगामी मङ्सिर ४ गते हुन सक्ने संकेत गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यो महँगो हुने संकेत गरेका हुन् ।

उनले अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए । निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको थपलियाको भनाइ छ । उनका अनुसार अगामी मन्त्रिपरिषद्बाटै चुनावको मिति तोकिने सम्भावना छ ।

स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदो निर्वाचनमा ८ करोड छाप्नुपर्ने भएकाले संघीय चुनाव महँगो हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदोमा ८ करोड छाप्नुपर्नेछ ।

यस्तै, एउटा केन्द्रमा एउटा मतपेटिका राखेर स्थानीय चुनाव गराइएकोमा आउँदो चुनावमा ४ वटा राख्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्