Logo

बार्सिलोना र युभेन्टसको बराबरी



काठमाडौं, साउन ११ । प्रि–सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टसले बराबरी खेलेका छन् । बुधबार बिहान भएको खेलमा बार्सिलोना र युभेन्टसले २–२ गोलको बराबरी खेलेका हुन् ।

कटन बल मा भएको खेलमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले दुई गोल गर्दा युभेन्टसको लागि मोइसे किनले दुई गोल गरे । खेलको ३४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा किनले गोल फर्काउँदै युभेन्टसलाई बराबरीमा ल्याए ।

४० औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाइ २–१ गोलको अग्रता दिलाए । ५२ औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २–२ गोलको बराबरीमा सकिएको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्