Logo

एसईई नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै



काठमाडौं, साउन ११ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ। नतिजा सार्वजनिक गर्नका लागि दिउँसो २ बजे परीक्षा बोर्डको बैठक बस्दै छ।

शैक्षिक सत्र २०७६/२०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा ४ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए।

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले भौतिक उपस्थितिमा एसईई परीक्षा दिएका थिए।



प्रतिक्रिया दिनुहोस्