Logo

प्रेस युनियनमा लम्साल टिमलाई जिताउन सिवाकोटीको भाषण बन्यो अचुक अस्त्र



हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा संस्थापन इतर समूहलाई जिताउन पुर्व महासचिव अजयवावु सिवाकोटीको भूमिका स्मरणीय भएको छ । निर्धारित समयमा महाधिवेशन भएको भए आफै अध्यक्षका मुख्य दावेदार रहेका सिवाकोटीले आफु काँग्रेसको केन्द्रीय सदस्य भएपछि आफ्नो टिमलाई जिताउन रातदिन खटेका थिए । सिवाकोटीले जित्ने आँकलनका कारण अनेक वाहनामा पटक पटक महाधिवेशन स्थगित गरेको संस्थापन पक्षसँग रुष्ट सिवाकोटीले कुनैपनि हालतमा आफ्नो पक्षलाई जिताउन अनेक कसरत गरेका थिए ।

उनीसहितको उम्मेदवार व्यवस्थापन तथा निर्वाचन परिचालन समितिले युनियनमा सिवाकोटी भन्दा पहिला महासचिव रहेका शिव लम्सालको नेतृत्वमा उम्मेदवारहरु तय गरेको थियो । उम्मेदवारी घोषणा समारोहमा उनले दिएको भाषणको खुवै चर्चा भएको थियो । उनले टिमभन्दा दायावायाँ नगर्न र दुवै टिममा पर्ने वा दुवै टिमको समर्थन खोज्ने द्धैधचरित्र नदेखाउन पनि कडा चेतावनी दिएका थिए ।

उनको त्यही चेतावनीका कारण अधिकांश मत पत्रमा टिम अनुसारको मत परेको देखिएको छ । काँग्रेसको सुवेच्छुक संगठन समेत रहेको प्रेस युनियनमा पार्टीको संस्थापन इतर मानिएका डा. शेखर कोइराला र गगन थापा समूहबाट लम्सालसँगै र दिपक आचार्य पनि अध्यक्षको दौडमा थिए । तर अन्तिम अवस्थामा आचार्यले लम्साललाई साथ दिंदै टिम विजयी गराउन मैदानमा खटिएका थिए । निवर्तमान महासचिब समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लम्साल टिमलाई जिताउन खुलेरै लागे । देशभरका केन्द्रीय प्रतिनिधिहरुसँग प्रत्यक्ष जोडिएका शिवाकोटी अग्रज पत्रकारहरु भन्दा पनि बढी क्रियाशील देखिएका थिए ।

दुई दिनसम्म चलेको महाधिवेशनमा उनी अधिकांश समय महाधिवेशन भइरहेको स्थान रोयल पार्टी प्यालेस परिसर र हेटौंडाका विभिन्न स्थानमा प्रतिनिधिहरुसँग छलफलमा ब्यस्त देखिन्थे । सक्रिय पत्रकारिताबाट अलग रहेर पार्टीको भूमिकामा रहेका शिवाकोटी लम्साल प्यानललाई विजयी गराउन अधिकांश समय मैदानमा खटिएका थिए।

देशभरबाट आएका अधिकांश केन्द्रीय प्रतिनिधिहरुसँग नजिक रहेका उनले लम्साल प्यानललाई विजयी गराउन मैदानमै बसेर पटक पटक निर्देशन दिने र चुनावी रणनीति बनाउन खटिने गरेका थिए। उनको रणनीति पूर्ण रुपमा कार्यान्वयनमा ल्याएर लम्सालको प्यानल विजयी भएको बताइन्छ । टिम निर्माणमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्ष तारानाथ दाहाल, युनियनका पूर्वअध्यक्ष किरण पोखरेल खटिएका थिए ।

त्यस्तै युनियनका नेता पोषण केसी, रामजी दाहाल, जगत नेपाल, मोती पौडेल पनि अधिकांश समय मैदानमा भेटिएका थिए । डा. शेखर कोइरालाको सचिवालयबाट भने उनका सहयोगी दिनेश थपलिया सक्रिय थिए । शिवाकोटीसँगै दाहालद्वय, केसी, नेपाल र पोखरेलद्वयको उपस्थितिले चुनावी माहोल एकाएक लम्सालतिर मोडिएको प्रतिनिधिहरुको भनाई छ ।

डा. कोइराला–थापा निकटका अन्य केही अग्रज पत्रकार र कांग्रेस नेताहरु भने मंहगो होटलमा बसेर खर्च बढाउने मात्रै गरेको आरोप लागेको छ । संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेर पराजय ब्यहोरेका कोषाध्यक्ष सरोज अधिकारीले संस्थाको रकम हिनामिना गरेको, हिसाब पारदर्शी नराखेको, युनियनकै केन्द्रीय कार्य समितिलाई गुमराहमा राखेर संस्थामा मनपरी गरेको कुरा बन्दसत्रमै उठेपछि संस्थापन पक्षको चुनावी माहोल थप विग्रिएको थियो ।

जसको प्रत्यक्ष फाइदा इतर पक्षले उठाएको छ । असारको २६ गतेसम्म उपचारको शिलशिलामा दिल्लीमा रहेका शिवाकोटीले दिल्लीमा रहँदै आफ्नो प्यानल विजयी गराउन देशभरका प्रतिनिधिहरुसँग संवाद गरिरहेका एक निर्वाचित पदाधिकारीले बताएका छन् । नेपाल आएपछि कमलपोखरीमा रहेको शिवाकोटीको सम्पर्क कार्यालयमा दैनिक दर्जनौ प्रतिनिधि र उम्मेदवारहरुलाई बोलाएर निर्देशन दिनुका साथै उम्मेदवार व्यवस्थापनमा गहन भूमिका निर्वाह गरेका थिए ।

संस्थापन पक्षको कमजोरी केलाएर शिवाकोटीले रणनीति बनाएकै कारण इतर पक्षले आफ्नो बर्चश्व कायम गरेको एक पूर्व पदाधिकारीले बताएका छन् । जसका कारण बलिया मानिएका सरोज अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले पराजित गरिदिए। लम्साल टिमै महासचिवका उम्मेदवार दिलिप पौडेल र उपत्यका प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवार जीवन भण्डारीले त आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत ल्याएर लम्साल टिम कतिसम्म बलियो थियो भन्ने थप थप पुष्टि गरिदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्