Logo

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीद्धारा पदभार ग्रहण, छिट्टै सर्वपक्षीय सम्मेलन गर्ने घोषणा



काठमाडौं, ११ साउन । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सरकारले हिजोमात्रै उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । त्यसको भोलिपल्ट आज (बुधबार) केसीले पदभार ग्रहण गरेका हुन् ।

सो क्रममा उनले चाँडै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने पनि घोषणा गरे । उनले भनेका छन्,‘चलचित्र क्षेत्रभित्र धेरै समस्या छन् । म सबैका समस्याहरु सुन्न चाहन्छु । त्यसैले चलचित्रको सबै विधाका मान्छेहरुलाई संलग्न गराएर एक–दुई दिनमै एउटा सम्मेलन आयोजना गर्ने योजना छ ।’



प्रतिक्रिया दिनुहोस्