Logo

आरजु देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता



काठमाडौं, ११ साउन । उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेकी नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् ।

चौथाइवालेले सामाजिक सञ्जाल ट्विटरमार्फत डा. राणासँगको भेटबारे तस्विर सार्वजनिक गरेका छन् । उनले आरजुसँग दिल्लीमा ६ महिनापछि पूनः भेटेको समेत उल्लेख गरेका छन् । आरजुको भने हालै म्याक्स हस्पिटलमा पाठेघरसम्बन्धी शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।

उनी स्वास्थ्यलाभ गरी छिट्टै स्वदेश फर्किने जनाईएको छ । यसअघि उनले दिल्लीमै रहेको बेला नेपालबाट भारत भ्रमणमा गाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेको तस्विर पनि बाहिरिएको थियो । सो भेटवार्तालाई लिएर नेपालमा चर्को आलोचना पनि भएको थियो ।

दाहाल र देउवाले भारतीय नेताहरु साक्षी राखेर आगामी निर्वाचनपछि बन्ने सरकारको लागि सम्झौता गरेको चर्चा चलेको थियो । त्यस चर्चालाई दाहाल र देउवा दुवैको सचिवालयले निराधार भएको स्पष्ट पारिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्