Logo

नगर प्रहरी थप्दै काठमाडौं महानगर



काठमाडौं, ११ साउन । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या बढाउने भएको छ । महानगरले १ सय ६४ जना नगर प्रहरी भर्ना गर्ने भएको हो । अहिले महानगरमा १ सय ७० जना मात्रै नगर प्रहरी छन् ।

फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको निष्कर्ष निकाल्दै महानगरले जनशक्ति थप गर्न लागेको जनाएको छ ।

थप जनशक्ति करार सेवा वा सेवा करार प्रणालीबाट राख्ने भने महानगरले निर्णय गर्न बाँकी रहेको जनाइएको छ।

 



प्रतिक्रिया दिनुहोस्