Logo

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तानका लागि आवेदन खुला



काठमाडौं, ११ साउन । सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला भएको छ । चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

पाकिस्तानले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट छुट्टाएको छ । नेपाली विद्यार्थीलाई एमबीबीएसमा १०, बीडीएसमा ८ र डी फार्मेसीमा १ सिट कोटा दिएको हो ।

शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि पाकिस्तानले आवेदन माग गरेको हो ।

आयोगले छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाइन आवेदन पेश गर्न आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्