Logo

न्याय परिषदद्धारा २७ न्यायाधीशका लागि आवेदन खुल्ला



काठमाडौं, ११ साउन । न्याय परिषदले २७ जना न्यायाधीशको लागि आवेदन खुल्ला गरेको छ । परिषदले २७ जना उच्च अदालतका न्यायाधीशका लागि १० दिनभित्र आवदेन दिन माग गरेको हो ।

न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रिया सम्बन्धि निर्देशिका २०७९ को अनुसुची १ बमोजिम स्वघोषणा पत्र समेत सम्लग्न गरी आवेदन दिन परिषदले आग्रह गरेको छ ।

साथै, परिषदले न्याय क्षेत्रसँग सम्बन्धित विषयमा प्रकाशित १० वटा अनुसन्धानमुलक लख तथा रचना अनिवार्य रुपमा पेश गर्नुपर्ने सुचनामा उल्लेख गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्