Logo

नेहा कक्कडले पति रोहनप्रीतको लागि ट्याटु बनाएपछि…



एजेन्सी, ११ साउन । भारतीय चर्चित गायिका नेहा कक्कडले प्रायः आफ्नो पति रोहनप्रीत सिंहसँगको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्छिन् । हालै नेहाले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन् ।

भिडियोमा नेहाले रोहनप्रीतको नामको ट्याटु बनाइरहेकी छिन् । भिडियोमा नेहा निकै उत्साहित देखिएकी छिन्, यो उनको पहिलो ट्याटु हो ।

यस भिडियोमा जब रोहनप्रीत नेहालाई लिन पुग्छन् ।  नेहाले उनको हातमा रोहनप्रीतको नामको ट्याटु देखाएर उनलाई छक्क पारिन्। यो देखेर रोहनप्रीत खुसी हुन्छन् । यो भिडियो सेयर गर्दै नेहाले क्याप्शनमा लेखेकी छिन्, ‘मेरो पहिलो ट्याटू, मेरो पहिलो प्रेमको लागि।’
नेहा र रोहनप्रीतले २४ अक्टोबर २०२० मा विवाह गरेका थिए। नेहाका फ्यानहरूले यो भिडियोलाई निकै मन पराएका छन्, फ्यानहरूले नेहाको निकै तारिफ गरिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्