Logo

केपी ओली झापामा, अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने



काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् ।

झापा बसाईको क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्ने बुझिएको छ ।

झापा ओर्लिएलगत्तै अध्यक्ष ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।

ओली आगामी तीन दिनसम्म झापा रहने बताईएको छ ।

आगामी संघीय संसद्को निर्वाचन नजिकिँदै गएपछि शीर्ष नेताहरुको जिल्ला दौड सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्