Logo

जनार्दन शर्मामाथिको छानबिन समिति प्रतिवेदन लेखनमा व्यस्त



काठमाडौं, ११ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सुरु भएको छ । आजबाट समितिले प्रतिवेदन लेखन अघि बढाउने भएको छ । समितिका सदस्य सांसद लक्ष्मणलाल कर्णकाअनुसार समितिले भोलि (बिहीबार) सम्म सरकारलाई प्रतिवेदन बुझाइसक्ने बुझिएको छ । समितिले सहमतिमै प्रतिवेदन लेख्ने भनिएको छ ।

तर, समितिमा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने छानबिनको क्रममा शर्मालाई जोगाउनेगरि सरकारले शंकास्पद काम गरेको आरोप लगाएका छन् । शर्मामाथि लागेका आरोप पुष्टि नभएको चर्चा पनि बाहिर आएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्