Logo

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने



काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । एसईईको नतिजा ग्रेड अनुसार नै सार्वजनिक हुने भएको छ । ९० वा सो भन्दा बढी ल्याउनेलाई ए प्लस, ८० वा सो भन्दा बढी ल्याउनेलाई ए, ७० वा सो भन्दा बढी ल्याउनेलाई बी प्लस तथा ६० वा सो भन्दा बढी ल्याउनेलाई बि ग्रेड दिइने छ ।

२७ सय परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन ९ हजार ६३३ जना रहेका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्