Logo

एसईईमा कुन जिपिए ल्याएर कति परिक्षार्थी उत्तिर्ण भए



काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक पछि नतिजा सार्वजनिक गरिएको हो ।परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो ।

बोर्डले प्रकाशन गरेको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

२.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने यसैगरी, २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ । त्यस्तै, २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ ।
१.६ देखि २.० जीपीए १ लाख ५९४ जनाले ल्याएका छन् ।

त्यस्तै, १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको बोर्डले जनाएको छ । २७ सय परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्