Logo

सागरको शब्दमा स्वरुपको स्वर : “गयौ तिमी” बोलको आधुनिक गीत बजारमा (भिडियोसहित)



साउन ११, काठमाण्डौ । गीतकार सागर उदासले “गयौ तिमी” बोलको नयाँ आधुनिक गीत बजारमा ल्याएका छन् । सागर उदासको शब्द रहेको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने संगीत हरी लम्सालको रहेको छ ।

म्युजिक भिडियोसमेत तयार पारेर सार्वजनिक गीतमा अनिल अधिकारी, पूजा केसी र सुदिप पौडेलले अभिनय गरेका छन् । गीतका निर्माता सुशासन अधिकारी हुन् । गीतलाई Sagar Udas Official  युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तनहुँका गीतकार सागर उदासले यसअघि पनि थुप्रै सफल आधुनिक गीत लेखिसकेका छन् । कवी तथा गजलमा समेत कलम चलाउने सागर उदासले यसअघि एक रचनामा रहेका आभार र रवि गिती एल्बम ल्याइसकेका छन् ।

साहित्यका अलावा तनहुँ जिल्लाको पर्यटन प्रवद्र्वनमा पनि सक्रिय सागर उदास गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्