Logo

नेविसंघको पहलमा घण्टाघरसहितको त्रि-चन्द्रको भवन प्रबलीकरण प्रक्रियाको थालनी



काठमाडौं, ११ साउन । ऐतिहासिक एवं शैक्षिक महत्वका हिसाबले अग्रणी संस्थाको रुपमा रहेको त्रि–चन्द्र बहुमुखी क्याम्पसको पुनर्निर्माण एवं घण्टाघरसँग जोडिएको भवन प्रबलीकरण कार्यका लागि बजेट विनियोजन भई प्रारम्भिक कार्यको थालनी भएको छ ।

नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पसका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्याम्पसको यथार्थ अवस्थाबारे विस्तृत रुपमा अवगत गराएको थियो । नेविसंघ त्रिचन्द्रको टोलीले प्रधानमन्त्री देउवालाई गत असार २३ गते ज्ञापनपत्र समेत बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज आफूपनि पढेको संस्था भएकोले यसको पूनर्निर्माण गर्ने वचन दिएका थिए ।

प्रधानमन्त्री देउवाको निर्देशनबमोजिम शिक्षा मन्त्रालयको ईम्प्लिमेन्टेशन युनिटअन्तर्गत रही डिपिआर गर्ने कार्य सुरु हुनुको साथै घण्टाघरसँग जोडिएको त्रि–चन्द्र क्याम्पस प्रबलीकरण कार्य भवन निर्माणका लागि ४८ करोड २० लाख ६१ हजार ६ सय २९ बराबरको लागतको बहुवर्षिय आयोजनाको रुपमा कार्यान्वयन अगाडि बढाउन स्रोत सुनिश्चितताको लागि शहरी विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा अनुरोध भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्