Logo

२००६ सालमा कम्युनिष्ट पार्टी खोल्नुअघि पुष्पलाल कांग्रेस हुनुहुन्थ्यो : प्रदीप पौडेल (भिडिओसहित)



काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २००६ सालमा पुष्पलालले कम्युनिष्ट पार्टी खोल्नुभन्दा पहिले कांग्रेस रहेको दाबी गरेका छन् । लमजुङमा आयोजित ‘ऐतिहासिक हलोक्रान्ति’ बारे बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,‘समाज सुधार्न चाहनेहरु, परिवर्तनको पक्षधरहरु, सामन्तवादको विरुद्धमा लड्ने सबै त्यो बेलामा कांग्रेस थिए । हलो जोत्ने अभियानले राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेको छ ।’ उनले तोयनाथ अधिकारीले कर्म गरेर खानु ठूलो कुरा हो भनेर समाजमा ऐना देखाएको सुनाए ।

नेपाली समाजमा चेतनाको स्तर वृद्धि गर्न हलो क्रान्तिले ठूलो योगदान पुर्याएको पनि पौडेलको भनाई छ । उनले नेपालमा अहिलेपनि छुवाछुतको अवस्था रहेको भन्दै यसलाई व्यवहारमा छिट्टै अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले हलो क्रान्तिमा योगदान गरेकाहरुलाई राज्यले बिर्सिएको गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्