Logo

संयुक्त नागरिक आन्दोलनका सदस्य अर्जुन पौडेल प्राइम टाइम्स टेलिभिजनमा अन्तरवार्ता दिएलगत्तै पक्राउ



साउन ११, काठमाण्डौ । संयुक्त नागरिक आन्दोलनका सदस्य अर्जुन पौडेल पक्राउ परेका छन् । आज साँझ प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा अन्तरवार्ता दिएर निस्कने क्रममा काठमाण्डौको कात्यानी चोकबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले कार्यक्रम जनता जान्न चाहन्छन्मा नागरिकता विधेयकलगायतका विषयमा सरकारको आलोचना गरेका थिए । कार्यक्रममा विप्लव खड्का र सोम शर्मा पनि सहभागि थिए । उनीहरुले ऋषि धमलासँग अन्तरवार्ता दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो । अन्तरवार्तामा सहभागि सोम शर्माले पक्राउ पर्ने गरी कुनै अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।

तीन जना युवाहरुले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए ।
नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ जस्ता नारा लगाउँदै युवाहरू विरोधमा उत्रिएका हुन् ।

संयुक्त नागरिक आन्दोलनका सदस्यहरु सोम शर्मा ,विप्लव खड्का र अर्जुन पौडेल

प्रहरी प्राइम टाइम्स टेलिभिजन बाहिर आएर उनीहरुको निगरानी गरेको थियो । विप्लव र सोम टेलिभिजन भित्रै थिए भने पक्राउ परेका अर्जुन बाहिर गएका बेला पक्राउ परेका हुन् । उनीहरुले संयुक्त नागरिक आन्दोलनको सदस्यको हैसियतमा अन्तरवार्ता दिएका थिए । अर्जुन पौडेलको पक्राउप्रति सोम शर्मा र विप्लव खड्काले आपत्ति जनाएका छन् ।

यस्तो थियो अन्तरवार्ता :



प्रतिक्रिया दिनुहोस्