Logo

विभिन्न पाँच देशका लागि नियुक्त नेपाली राजदूतले लिए शपथ



काठमाडौं, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिनेमा डा. दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा शर्मिला पराजुली ढकाल (स्पेन), मिलनराज तुलाधार (रुसी महासङ्घ) र प्रा डा राम स्वार्थ राय (डेनमार्क) का लागि राजदूत रहेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्