Logo

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा



काठमाडौं, साउन १२ । फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि स्विडेनलाई पराजित गर्दै फाइनलमा पुगेका इङ्ग्ल्यान्डको सामना गर्नेछ ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन।

पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्मघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो ।

७६ औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन। जर्मनीले आठ पटक युरो जितेको छ भने इङ्ग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।



प्रतिक्रिया दिनुहोस्