Logo

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि ४८ करोड बढीको बजेट सुनिश्चित



काठमाडौं, १२ साउन । त्रिचन्द्र क्याम्पसको जिर्णोदार भवन पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ ।

सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई  ४८ करोड २० लाख रूपैयाँ सुनिश्चित भएको पत्र पठाएको हो ।

क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जानकारी विभागलाई गराएको छ ।

मन्त्रालयले आवश्यक रकम उपलब्ध गराएपछि क्याम्पस पुनर्निर्माणको बहुवर्षीय आयोजना अघि बढ्ने भएकोमा विद्यार्थीहरु खुशी भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

२०७२ सालको भूकम्पले क्याम्पस थप जीर्ण बन्दै गएको थियो । त्रिचन्द्र नेविसंघको टोलीले क्याम्पसको पुनः निर्माण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल  गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्