Logo

डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’



काठमाडौं, १२ साउन । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास लिएका छन् । उनलाई आश्रमका स्वामी आनन्द अरुणले मन्त्र प्रदान गरेर सन्यासी बनाएको स्रोतले जनाएको छ ।

जो कोही व्यक्ति एक हप्तासम्म ध्यानमा बसेपछि उनीहरु सन्यासका लागि योग्य हुन्छन् । ध्यानमा बस्न सक्नेहरु, आफ्नो विचारलाई नियन्त्रणमा राख्न सक्ने, सांसरीक सुख त्याग्न सक्ने र सही आचरणमा बस्न सक्ने मात्रै सन्यासी प्राप्त गर्न सक्छन् ।

सन्यास लिएपछि पाएको माला आजीवन गलामा राख्न पर्ने बताइन्छ । राउतले गेरु वस्त्र लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्