Logo

अर्जुन पौडेलको आरोप : देउवा सिआईएको नम्बर वान र गगन थापा नम्वर टु एजेण्ट हुन् (भिडिओसहित)



काठमाडौं, १२ साउन । स्वतन्त्र नागरिक आन्दोलनका अगुवा युवाहरुले देशमाथि गरेको राष्ट्रघातको विरोध गर्दै आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा उनको विरोधमा नाराबाजी गरेको स्पष्ट पारेका छन् । देउवाविरुद्ध नाराबाजी गर्ने अर्जुन पौडेलले आफूहरुले बाध्य भएर कार्यक्रममा पसेर विरोध गरेको जनाए ।

उनले एमसिसी, एसपिपी र नागरिकता विद्येयक नेपालको हितमा नभएको कुरा पटक पटक आवाज उठाएको भएपनि सरकारमा बसेकाहरुले आफूहरुको आवाज नसुनेको गुनासो पोखे । एसपिपी अस्विकार गर्ने भनेर सरकारले भनेपनि तत्काल अमेरिकालाई पत्राचार गर्नुपर्ने उनको भनाई छ ।

अर्का सदस्य विप्लव खड्काले आफूहरुले देशमाथि राष्ट्रघात हुँदा सडकमा उत्रिएर विरोध गरेको र आन्दोलन छेडेको सुनाए । अहिलेका नेताहरु भ्रष्ट भएको उनको आरोप छ । उनले देशमा संकट आइपर्दा युवाहरु मुकदर्शक भएर बस्न नहुने भन्दै आफूहरु अब जागिसकेको चेतावनी दिए । पौडेलले देशमा नम्बर वान सिआईएको एजेण्ट भनेर शेरबहादुर देउवालााई जनताले चिनेको र नम्बर टु एजेण्ट भनेर गगन थापाको नाम लिए ।



प्रतिक्रिया दिनुहोस्