Logo

शिक्षामन्त्री पौडेलको दाबी : जनार्दन शर्मा फेरि अर्थमन्त्रालय सम्हाल्नेगरि आउनुहुन्छ (भिडिओसहित)



काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले शर्मा पूनः अर्थमन्त्री बन्ने कत्तिको सम्भावना छ भनेर सोधेको प्रश्नमा उनले बन्ने सम्भावना देखेको सुनाए ।

उनले भने,‘अहिले उहाँमाथि छानबिन भैरहेको छ, छानबिन पूरा नभएसम्म मैले बोल्न मिल्दैन् । उहाँसँगको सहकार्य, प्रकृति र विगतका सबै कुरा हेर्दा जे विषय बाहिर प्रोपोगाण्डाको विषयमा उठाईयो, त्यो थिएन । होइन । त्यसकारणले उहाँ चाहीँ उठेको प्रश्नको शक्तिशाली जवाफ दिएर, मैले शक्तिशाली जवाफ भनेर किन प्रयोग गरें भनेदेखि, गल्ती नगरेको हुँदाखेरि त्यसको प्रतिवाद गरेर अघि बढ्नुभएको छ ।’

बजेट निर्माणको क्रममा शर्माले बाहिरी मान्छे नल्याएको उनको दाबी छ । उनले आक्रोशित हुँदै भने–‘मान्छे ल्याएको हो भने सकार्नुपर्यो नि, त्यसै नहुँदो कुरा गरेर हुन्छ ? प्रश्न उठेपछि उहाँ राजीनामा दिएर तयार हुनुभयो, उहाँले राम्रो महानता देखाउनुभयो । राति गएको हो भने प्रमाणित गर्नुपर्छ । बजेट निर्माणमा कर्मचारी आए । त्यहाँ कोही विदेशी पनि आएको छैन् ।’

उनले शर्मामाथि छानबिन निश्पक्ष होस भन्ने आफ्नो धारणा राखे । उनले थपे,‘मैले जनार्दन शर्मासँग गरेको कुराअनुसार, उहाँले गरेको छलफल र प्रतिवादअनुसार, उहाँ आफू जो ढुक्क देखिनुहुन्छ, त्यसले गर्दा उहाँ फेरि अर्थमन्त्री सम्हाल्नेगरि आउनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्