Logo

मुलुककै जेठो वीर अस्पतालले मनायो १३३औं वार्षिकोत्सव (फोटोफिचर)



काठमाडौं, १२ साउन । मुलुककै जेठो अस्पताल वीर अस्पतालले आफ्नो स्थापनाको १३३औं वार्षिकोत्सव मनाएको छ । सो क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले वीर अस्पतालको विस्तारित सेवाका लागि भक्तपुरको दुवाकोटमा रहेको भवन निर्माणको काम अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । उनले भूकम्प र कोरोनाजस्तो महामारीमा वीर अस्पतालले अग्रणी भूमिका खेलेर ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्