Logo

नेप्सेमा आज १५ अंकको सुधार, करिब ५ अर्बको कारोबार



काठमाडौं, १२ साउन । शेयर बजारमा आज १५ अंकको सुधार भएको छ । साताको कारोबारको पाँचौ दिन आज नेप्से परिसुचक १५ दशमलव ४९ अंकले बढेर २१२७ दशमलव ४७ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज २ दशमलव ७० अंकले बढेर ४०५ दशमलव ६२ विन्दु कायम भएको हो ।

आज २२१ कम्पनीको ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्