Logo

सांसदले द्रौपदी मुर्मुलाई राष्ट्रकी पत्नी भनेपछि…



एजेन्सी, १२ साउन । भारतीय कांग्रेस सांसद अधीर रञ्जन चौधरीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राष्ट्रकी पत्नी भनेका छन्। यसपछि बिहीबार भाजपाका महिला सांसदहरूले यो अभिव्यक्तिलाई लिएर सदनमा हंगामा मच्चाए ।

अधीर रञ्जनले बिहीबार संसद बाहिर आफ्नो बयान स्पष्ट गरे। उनले माफी माग्न अस्वीकार गरे तर भने– गल्तीले मैले मुर्मुलाई राष्ट्रकी पत्नी भने, अब मलाई फाँसी दिन चाहनुहुन्छ भने दिनुहोस् । सत्तारुढ दल तिल बनाउने प्रयासमा छ ।’

अधीर रञ्जनले राष्ट्रपतिसँग भेट्ने समय माग गरेका छन् । उनले भने,‘म राष्ट्रपतिसँग माफी माग्छु, पाखण्डीसँग होइन ।’

 



प्रतिक्रिया दिनुहोस्