Logo

सोनाक्षी सिन्हाले गरिन् नयाँ फिल्मको घोषणा



एजेन्सी, १२ साउन । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै नै उनका भाई कुश एस सिन्हा निर्देशित फिल्म ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ मा देखिने भएकी छिन् । यही फिल्ममार्फत उनका भाइ निर्देशनको दुनियाँमा प्रवेश गर्दैछन् । अहिले यो फिल्मको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । सोनाक्षी यसमा एकदमै फरक स्टाइलमा देखिएकी छिन् ।

फिल्मको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै सोनाक्षीले क्याप्सनमा लेखेकी छिन्, ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस छिट्टै आउँदैछ । यस फिल्मबाट कुश सिन्हाले निर्देशनमा डेब्यु गर्दैछन् र म दिग्गज कलाकार परेश रावल सर र सुहेल नय्यरसँग स्क्रिन सेयर गर्दैछु । फिल्मको पोस्टरमा उनको साइड अनुहार देखिन्छ ।

फिल्मको बारेमा कुरा गर्दै सोनाक्षीले भनिन्, “कुश र म राम्रो प्रोजेक्टमा सहकार्य गर्न चाहन्थ्यौं। अन्ततः हामीले दुवैलाई मनपर्ने कुरा भेट्यौं र हामी उत्साहित छौं।“

‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ २०२३ मा रिलिज हुनेछ । यो चलचित्रलाई निकी भगनानी, ज्याकी भगनानी र अंकुर ताकारानीले निर्माण गरेका हुन् । योसँगै एनभीबीको ब्यानरमा पनि निर्माण भइरहेको छ ।

सोनाक्षीले सन् २०१० मा सलमानको फिल्म दबंगबाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि उनी ‘राउडी राठौर’, ‘दबंग २’, ‘लुटेरा’, ‘बुलेट राजा’, ‘हा‘लिडे’, ‘तेवर’, ‘अकिरा’, ‘कलंक’, ‘खान्दानी शफाखाना’, ‘दबंग ३’ मा अभिनय गरिन् । ‘मिसन’, मंगल जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् । सोनाक्षी हालै अजय देवगन, शरद केलकर, नोरा फतेहीको अभिनय रहेको फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’ मा देखिएकी थिइन् । उनका आगामी फिल्म ‘काकुडा’, ‘डबल एक्सएल’ र ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्