Logo

एस.इ.ईको नतिजा सुखद् छैन्, हाम्रो शिक्षा फेलियर छ : सिलवाल



काठमाडौं, १२ साउन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले एस.इ.ईको हिजो प्रकाशित नतिजा सुखद् नभएको टिप्पणी गरेका छन् । उनले २०७५ र २०७८ नतिजा विश्लेषण गर्दा अहिलेको परीक्षाफल राम्रो नभएको दाबी गरे । उनले भने,‘ए प्लस, ए, बि प्लस ल्याएर पास हुने विद्यार्थी जो छन, त्यो प्रतिशत घटेको छ । हाम्रो परिक्षाफल राम्रो भएन । कोभिडले गर्दा राम्रो भएन भन्ने कुरा पनि आएको छ । १० कक्षा र १२ कक्षाको रिजल्टको तुलनात्मक अध्ययन गरौं । हाम्रो शिक्षा फिलियर भएको उदाहरण छ ।’

एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । सिलवालले अनलाईन कोर्श प्रभावकारी हुन नसकेको हो कि भन्ने पनि प्रश्न उठाए । उनले भने,‘अनलाईन कोर्स प्रभावकारी भएनन् की भन्ने पनि कुरा उठेको छ । फेस–टु–फेस कक्षाजस्तो प्रभावकारी भएनन् की ? कोभिडको बेलामा अनलाईन कोर्स सञ्चालन भएको हो । हिजो ८, ९ मा अनलाईन क्लासमा युज्डटु भएकाहरु अहिले एस.इ.इ विद्यार्थी हुन । हामीले त हाम्रो सिकाईको प्रभावकारिता पनि खोज्नुपर्छ । हाम्रो सिकाईको स्तर राम्रो भएन की ? अब राज्यले खोज्नुपर्छ । शिक्षकले पढाएनन् कि ? व्यवस्थापन चुस्तदुरुस्त भएन कि ? यो कुराको निमर्मतापूर्वक समक्षिा हुनुपर्छ । योपटक यस्तै भयो, अर्कोपटक सुधार हुन्छ भनेर सरकारी निकायका अधिकारीले भनेको पनि सुनियो, यो दुःखद् कुरा हो । शिक्षा सचिवलगायतले समिक्षा गरेको खोई ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित उनले आफूहरुले परीणाममुखी र गुणस्तरीय शिक्षा चाहेको सुनाए । उनले भने,‘हाम्रो एजुकेशन सिस्टम फेलियर भएको छ । ७ वटै प्रदेशको रिजल्ट देखिएको छ । ७ वटै प्रदेशमा गुणस्तर राम्रो छैन् । कर्णाली र सुदुरपश्चिमको कुरा गर्दा त्यहाँ नतिजाको स्तर धेरै नै खस्किएको छ । स्थानीय निकायको ध्यान पुगेन कि ? यसबारेमा पनि हामीले हेर्नुपर्छ । छात्र र छात्राको स्थिति हेर्दा, माथिल्लो ग्रेडमा फिमेल कमजोर देखिएको छ । अझैपनि छोरालाई बोर्डिङ पढाउने र छोरीलाई साधारण स्कुल पढाउने देखिएको छ ।’

सिलवालले सामूदायिक र निजी विद्यालयको नतिजाको योगदान पनि हेर्न सुझाव दिएका छन् । उनले सरकारी स्कुलको तुलनामा निजीले वैकल्पिक उपाय अपनाएर पठनपाठन गरेको दाबी गरे । उनले भने,‘हाम्रो सरकारी विद्यालयमा शिक्षक धेरै भए, जागिर कम गरेका रहेछौं भन्ने देखियो ।’ उनले शिक्षकको क्वालिटी पनि राम्रो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘अयोग्य शिक्षकले पढाएको विद्यार्थी कसरी योग्य हुन्छ ?’ उनले सिकाई उपलब्धि कसरी बलियो बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए । उनले भने,‘विदेशका कतिपय देशमा शिक्षकको तलब निजामति कर्मचारीको भन्दा बढि छ, भुटानले डबल दिएर राखेको छ। नेपालमा किन गर्न सकिँदैन् ?’



प्रतिक्रिया दिनुहोस्