Logo

एस.इ.ई खारेज गर्नुपर्छ : अध्यक्ष सुप्रभात भण्डारी



काठमाडौं, १२ साउन । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालको समग्र शिक्षा प्रणाली सुधारको आवश्यकत्ता औंल्याएका छन् । एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एस.इ.इ खारेजीको माग गरे । उनले राम्रो नतिजा ल्याउने विद्यार्थीहरुको अभिभावक खुशी रहेको र नतिजा नराम्रो ल्याएका अभिभावकहरु दुःखी रहेको भन्दै जुन कुरा सामाजिक सञ्जालमार्फत पनि थाहा भैसकेको सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित उनले भने,‘मनोवैज्ञानिक रुपमा एस.इ.ईको अत्यधिक महत्व छ । अभिभावकको सन्तुष्टिको कुरा गर्दा ए प्लस ल्याउनेहरु खुशी छन्, उनीहरुको अभिभावक पनि खुशी छन् । सामाजिक सञ्जालमा देखिन्छ, खुशी साटेको । हामीले चार वर्षको रिजल्ट फर्केर हेर्दा ०७५ को भन्दा ०७८ को रिजल्ट खस्किएको छ । ०७६÷०७७ मा त आफ्नो हात जगन्नाथ भएको थियो । आन्तरिक मूल्यांकन थियो । विद्यालयले नै नम्बर हालिदिएको कारणले नम्बर आएको अनुमान आएको थियो । थुप्रै विद्यार्थीहरु ननग्रेड छ । तर, सरकारले ग्रेड हटायो । सरकार तदर्थवादी रुपमा गुज्रिएको छ ।’

उनले सरकारले नै एस.इ.ईको राष्ट्रिय महत्व बनाईदिएको सुनाए । उनले भने,‘हामी किन ९ र ११ कक्षा पास गरेकालाई बधाई दिँदैनौं । अर्को वर्ष एस.इ.ईको रुपमा छलफल गर्न नपरोस भन्ने चाहन्छौं । अब एसईई प्रदेश र जिल्लामा जानुपर्छ । परीक्षा कायम हुनुपर्छ । तर, यो रुपमा जानुहुन्न । शिक्षाले राष्ट्रियता बलियो बनाउनुपर्छ । होईन, भने यो खराब हुन्छ । आजका युवा पिढीँहरु विदेश पलायन भएको छ । अभिभावकको खुशी भनेको बालबच्चाको खुशी हो । बालबच्चा भोलिको असल नागरिक बन्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्