Logo

एस.इ.इ खारेज गर्ने कुरा गर्नु ठीक छैन् : ऋषि तिवारी (भिडिओसहित)



काठमाडौं, १२ साउन । हिसानका सचिव ऋषि तिवारीले नेपालको शिक्षा प्रणाली कसरी चलेको छ ? भन्ने कुराको निमर्म समिक्षा हुनुपर्नेमा जोड दिए ।  एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यहाँ त कुन बेला, कसरी चेन्ज ल्याउँछ ? भन्ने कुरा पनि छ । सुरुमा आई.कम, आई.एस्सी पढ्थ्यौं । पछि प्लस टु भयो । माध्यामिक तह आयो । किन यो आयो ? यसबारेमा सरोकारवालाहरुसँग छलफल भयो त ?, पहिले हाम्रो परिक्षा प्रणालीमा प्रतिशत थियो, त्यो गयो । ग्रेडिङ आयो । अहिलेको शिक्षा कस्तो अवस्थामा छ ? यो हेर्नुपर्छ ।’

उनले एस.इ.इको नतिजाको कुरा गर्दा करिब २ लाख भन्दा बढि विद्यार्थीको डि भन्दा तल नजिता आएको उल्लेख गरे । उनले भने,‘कोभिडको कारणले कमजोरी पनि भयो होला । तर, हामी बढ्ता हल्ला गर्छौं । तर, पढाउँदैनौं । विद्यार्थी संगठनहरुले निजीको कुरा किन उठाउँदैनन् । अब एसईई खारेज गर्ने कुरा पनि आयो । यो त गलत कुरा हो । भारतमा पनि छ । शिक्षामा यस्तो हुचवाको कुरा गर्नुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्