Logo

बिजुली बेचेरै नेपाल धनी हुने वातावरण बन्दै, भारतलाई विद्युत निर्यातबाट साँढे ३ अर्ब



काठमाडौं, १२ साउन । नेपाल विद्युतबाट आत्मनिर्भर बन्दै गएको छ । हिउँदयामका केही महिनाबाहेक नेपालले विद्युत अतिरिक्त उत्पादन गर्न थालेको छ । अतिरिक्त विद्युत निर्यात गर्न थालेको छ ।

नेपालले गत आर्थिक वर्षबाट भारतलाई औपचारिक रुपमा विद्युत विक्री गरेर रकम आर्जन गरेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार २ महिनाको अवधिमा साँढे ३ अर्बको विद्युत विक्री गरेको छ ।

सबै खर्च कटाएर नेपालले दुई महिनामा साँढे ३ अर्बको विद्युत बेचेको हो । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्वीट गर्दै विद्युत विक्रीबाट साँढे ३ अर्ब आर्जन भएको उल्लेख गरे ।

नेपालमा थप विद्युत उत्पादन हुने क्रममा छ । भविष्यमा सयौं मेगावाटको विद्युत उत्पादन भई भारत र बँगलादेशलाई विद्युत विक्री गर्ने योजना रहेको छ । यसबाट नेपालले अरबौं मात्र नभई खरबौंको विद्युत आर्जन गर्न सक्नेछ ।

नेपालमा पेट्रोलियम पद्धार्थको विकल्पमा विद्युतीय सवारी साधन र सामाग्रीको प्रयोग भएमा खरबौं रकम विदेशिनबाट रोकिनेछ । यसबाट देशको ढुकुटीमा विदेशी मुद्राको संचिती बढ्न सक्छ ।

देशमा आन्तरिक विद्युत उत्पादन बढ्न गई आन्तरिक उद्दोगधन्दा पनि खोलिएमा थप लाभ पुग्न सक्छ । यसबाट राज्यलाई थप फाइदा हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्